Logo
Logo

गृहमन्त्रीले माफी माग्लान् ?


- दृष्टि न्युज/संवाददाता

378
Shares

काठमाडौं, २१ पुस । गत साताको मन्त्रिपरिषद्को बैठकले एसपी दिल्लीराज विष्टलाई पुर्नवहाली गर्ने निर्णय ग¥यो । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका उनलाई सेवाबाटै हटाउनुपर्ने कारण नदेखिएको भन्दै पुर्नवहाली गरिएको हो ।

यो पुनःवहालीले गृहमन्त्री रामबहादुर थापा बादललाई भने गम्भीर नैतिक संकट पारेको छ । २६ महिनाअघि उनकै निर्णयका आधारमा गृह मन्त्रालयले एसपी विष्टलाई सेवाबाट हटाउने निर्णय गरेको थियो । त्यतिबेला प्रमाणका आधारमा होइन भिडका दबाबका कारण केहीलाई निलम्बन तथा केहीलाई सेवाबाट हटाउने निर्णय भएको थियो । भिडलाई केही शान्त गरेर आफ्नो जागिर जोगाउन गृहमन्त्री बादल र तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीमाथि अन्याय गरेका थिए ।

पछि प्रहरीबाटै भएको छानबिनमा एसपी विष्टसहितका प्रहरीको ठूलो गल्ती नभएको देखियो । बरु उनीहरुले नै पक्राउ गरेका दिलिपसिंह विष्टका अपराधको सबैभन्दा नजिक देखिएका छन् । अहिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सम्मिलित मन्त्रिपरिषद्ल एसपी विष्टलाई जागिरमा फर्काउने निर्णय गरेको हो । स्रोतका अनुसार मन्त्री लेखराज भट्टको लबिङका आधारमा विष्ट जागिरमा फर्किएका हुन् ।

हिजो आलोचना कम गर्न र आफ्नो पद जोगाउन एसपीलाई जागिरबाट हटाउने गृहमन्त्री बादलले अब नैतिकताका आधारमा माफी माग्छन् ? धेरै प्रहरी अधिकारीले अहिले यस्तो प्रश्न गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्