Logo
Logo

उपत्यकामा फेरि बढ्न थाल्यो संक्रमण


- दृष्टि न्युज/संवाददाता

1k
Shares

काठमाडौं , २१ पुस ।
उपत्यकामा फेरि कोरोना संक्रमण बढ्न थालेको छ । उपत्यकामा मंगलबार दुई सय ३२ जना संक्रमित थपिएका छन् । सोमबार उपत्यकाका एक सय ८५ जनामा मात्र संक्रमण देखिएको थियो ।


मंगलबार देशभरी पनि संक्रमण बढेर पाँच सय २२ जनामा पोजिटिभ देखिएको छ । सोमबार चार सय ३ जना संक्रमित थपिएका थिए । संक्रमित बढेपनि यसले ट्रेन्ड भने नबताउने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।
मंगलबार ५ सय २२ जना संक्रमित थपिंदा ५ सय ७९ जना निको भएका छन् भने ८ जनाको निधन भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ मा झरेको छ । कोरोनाबाट नेपालमा १८ सय ९३ ले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्