काठमाडौं, २१ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा नेता तथा कार्यकर्तासँग भेटघाट तिव्र बनाएका छन् । तत्कालिन एमालेका नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउन उनले बिहानदेखि बेलुकासम्म भेट्ने गरेका छन् ।
ओली निकट नेताहरुले नै त्यसरी भेटघाटका लागि हुल लिएर जाने गर्दछन् । रसुवाका नेता जनार्दन ढकालले मंगलबार रसुवाका नेता तथा कार्यकर्ता लिएर गएका थिए ।
स्वास्थ्य मापदण्ड समेत पालना नगरी भिडभाड गरेर बालुवाटारमा प्रधानमन्त्रीले भेटघाट गर्दै आएका छन् । मास्क समेत नलगाई प्रधानमन्त्रीले भिडमा फोटो समेत खिचेर लापरबाही गरेका छन् ।