काठमाडौं, २२ पुस ।
प्रतिनिधिसभा बिघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमा आजदेखि सुनुवाई सुरु भएको छ । आज निवेदकहरुले बहस गर्नेछन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा हरिकृष्ण कार्की, विश्वम्भरलाल श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । आजदेखि सो मुद्दामा निरन्तर सुनुवाई गर्ने आदेश यसअघि नै भइसकेको छ ।
विपक्षीहरु राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसदले सर्वाेच्चमा जवाफ पठाइसकेका छन् । निरन्तर सुनुवाई हुँदा पनि फैसला आउन करिब तीन साता लाग्ने देखिन्छ ।