Logo
Logo

प्रचण्ड-माधव समूहका विद्यार्थीको लाल्टिन जुलुस


- दृष्टि न्युज

63
Shares

काठमाडौं, २२ पुस । प्रतिनिधिसभा संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव पक्षको अनेरास्ववियुले लाल्टिन जुलुस निकालेको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय प्रतिगामी भएको भन्दै बुधबार उनीहरुले काठमाडांैको माइतीघरमा भेला भएर लाल्टिन जुलुस निकालेका हुन् ।
विद्यार्थीहरुले ‘संसद विघटन मान्दैनौँ, संसद विघटनको धारा खोई ? दिउँसै लाल्टिन बाल्यौँ है, असंवैधानिक कदम खारेज गर, अनेरास्ववियु जिन्दावाद, बयलगाडा कहाँ छ, अनेरास्ववियु यहाँ छ’जस्ता नारा लगाएका थिए । माइतीघरबाट सुरु भएको विद्यार्थीहरुको जुलुस नयाँबानेश्वर पुगी कोणसभामा परिणत भएको थियो ।
सभामा अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले नेपालको संविधान २०७४ मा संसद विघटन गर्ने कुनै धारा नभएको बताए । उनले ओलीको कदम संवैधानिक भन्दै सच्चाउन चेतावनी दिएका छन् । कार्यक्रममा केन्द्रीय संघर्ष समितिका सहसंयोजक तथा स्थायी समिति सदस्य योगेश भट्टराई समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्