काठमाडौं २३ पुस ।
इलाका प्रहरी कार्यालय बरथहवामा तास खेल्ने प्रहरीलाई कारबाही अघि बढीसकेको डिएसपी उद्धवसिंह भाटले बताएका छन् । बर्दी लगाएर प्रहरी तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि छानबिन अघि बढाइएको हो ।
तास खेल्नेदेखि भिडियो खिच्नेसम्मलाई कारबाही प्रक्रिया अघि बढेको डिएसपी भाटले जानकारी दिए । दृष्टिन्यूज डटकममा प्रकाशित समाचारमा प्रतिक्रिया दिदै भने–
यो भिडियो बारे हिजो पुष २१ गते साझ तिर मात्रै मलाई जानकारी भएको र कारवाहीको प्रक्रिया सुरु भैसकेको छ खेल्ने, हेर्ने, भिडियो बनाउने सबैलाई । यो समाचार बनाउदा मलाई पनि सम्पर्क गरी मेरो विचार समेत यसमा राखेमा पत्रकारिता को को अफ कन्डक्ट पालना गरेको देखिने थियो । अनुसन्धान गर्दा भिडियो जुन बेला खिचियो म सर्लाही जिल्ला मै थिएन । तास खेल्ने, हेर्ने मध्येका धेरै जसो पहिले नै सरुवा भएर गैसकेका रहेछन भने केही अहिले पनि मेरो अफिसमा नै छन । सबैलाई यतै झिकाएर कारवाही हुदैछ । प्रक्रिया हिजो साझ देखि नै सुरु भैसक्यो ।