काठमाडौं, २९ पुस ।
संसद बिघटनविरुद्ध परेको रिट हेर्ने संवैधानिक इजलाश पुर्नगठन भएको छ । इजलाशमा न्यायाधीश न्यायाधीश सपना प्रधान मल्ललाई राखिएको छ ।
यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले निवेदकको मागअनुसार नबस्ने निर्णयपछि उनको स्थानमा सपनालाई राखिएको हो ।
अन्य न्यायाधीश यथावत् छन् । यसपटक पनि वरिष्ठ न्यायाधीशलाई संवैधानिक इजलाशमा उपेक्षा गरिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा हुने संवैधानिक इजलाशमा अन्य न्यायाधीशहरुमा विश्म्भरलाल श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । आज सो मुद्दामा सुनुवाई अघि बढ्नेछ ।