Logo
Logo

उपलब्धि रक्षाका लागि एकजुट हुन प्रचण्डको आह्वान


- दृष्टि न्युज/संवाददाता

819
Shares

काठमाडौं, १ माघ । नेपाल कम्युनिष्टनेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न आह्वान गर्नु भएको छ ।

थारु, मगर, छन्त्याल लगायत समुदायको चार्ड माघीको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट हुन आदिवासी जनजाति लगायत समुदायलाई आह्वान गर्नु भएको हो ।

नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको हो । तर, नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको अध्यक्ष प्रचण्डको भनाइ रहेको छ ।

आफ्नो मौलिकता अनुसार मनाउने माघी, माघेसङ्क्रान्ति र माघेसकरातीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा अध्यक्ष प्रचण्डले शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्