Logo
Logo

मेरी स्टोप्स्को निःशुल्क हेल्पलाइन सेवा सुरु


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १ माघ । परिवार नियोजन र सुरक्षित गर्भपतनसम्बन्धी सूचना तथा सेवा प्रदान गर्न मेरी स्टोप्स् नेपालले निःशुल्क हेल्पलाइन नम्बर ११४३ सुचारु गरेको छ । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा पाउनका लागि तपाई केबल यी चार अंकको दूरीमा हुन्छ ।
सुनौलो परिवार नेपालरमेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । यस्ता सेवाहरूले संयोगले नभई रोजाईले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको छ ।
सुनौलो परिवार नेपालरमेरी स्टोप्स् नेपाल यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्ने संगठनहरूको विश्वव्यापी साझेदारीका रुपमा रहेको र सन् १९७६ मा स्थापित मेरी स्टोप्स् इन्टरनेसनलको नेपालका लागि समर्पित संस्था हो । ११४३ ले ‘म तिमीलाई प्रेम गर्छु’ भन्ने बुझाउँछ । यसले प्रियजनहरू प्रति रहेको तपाईंको माया र प्रेमको प्रतिनिधित्व गर्दछ भने आफ्नो प्रियजनहरूको रोजाई प्रतिको तपाईको साथलाई पनि जनाउँने मेरी स्टोप्सको भनाइ छ । सन् २०११ देखि परामर्श सेवाहरू प्रदान गर्दै आएको मेरी स्टोप्सले हरेक दिन बिहान ७ बजेदेखि राती १२ बजेसम्म
सेवाल खुला गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्