Logo
Logo

कोरोना महामारीले योगाभ्यासको महत्व बढ्यो : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता

1.1k
Shares

काठमाडौं, १ माघ । प्रधानमन्त्री केपी ओली शर्मा योगाभ्यासमा सहभागी भएका छन् । राष्ट्रिय योग दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित योगा कार्यक्रममा प्रधामन्त्री ओलीले पनि योगाभ्यास गरे ।
‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका देशभर राष्ट्रिय योग दिवस मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।


कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए । योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताए । योगगुरु डा. हरिप्रसाद पोखरेलले नेपालले नेपाल योगको जननी भएकाले विश्व योग दिवसको प्रस्ताव संयुक्त राष्ट्रसंघमा भारतले भन्दा अगाडि नेपालले गर्न सकेको भए सो प्रस्ताव पारित हुने बताए । नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ ।
दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सन्देश दिँदै कोरोनाभाइरस (कोभिड–१९)ंको प्रकोपबारे प्रमाणिक खोज र औषधिको अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका थिए । उनले भने, ‘कोरोना महामारीका बेला योगाभ्यासको महत्व बढेको छ ।’ उनले स्वास्थ्यका लागि योग महत्वपूर्ण रहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्