Logo
Logo

प्रहरीद्वारा एक लाख ३७ हजार लिटर मदिरा नष्ट


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २४ माघ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ उपत्यकाबाट एक लाख ३७ हजार ६२० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।
चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बजार लैजानका लागि तयार पारिएको उक्त परिणामको घरेलु मदिरा नष्ट गरेको हो । कार्यालयले काठमाडौँबाट एक लाख २६ हजार लिटर, ललितपुरबाट सात हजार ३६० र भक्तपुरबाट चार हजार २६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।
कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले समाजमा हुने धेरै घटना घरेलु मदिराका कारण भएको भन्दै कार्यालयले घरेलु मदिरा नियन्त्रणका लागि विशेष अभियान चलाएको जानकारी दिए ।
‘समाजमा हुने हत्या, हिंसा, बलात्कार, झँैझगडा मदिराका कारण हुने गरेको हो’, उनले भने । मदिरा सेवनका कारण अपराधका घटना बढेको भन्दै प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाउँदै आएको छ ।
कार्यालयले घरेलु मदिरा बनाउनका लागि प्रयोग हुने एक लाख २१ हजार ५७५ केजी कच्चा पदार्थसमेत नष्ट गरेको छ । नष्ट गरिएका सामग्रीमा काठमाडौँबाट एक लाख १८ हजार २५५ र ललितपुरबाट तीन हजार ३२० रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्