Logo
Logo

दिल्लीमा के गर्दै छन्, परराष्ट्र मन्त्री ?


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, २ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार दुई दिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । बिहीबार भारतस्थित नेपाली राजदूतावासमा पुगेर उनले प्रवासी नेपालीहरुलाई सम्बोधन गरेका थिए ।

आज सवा ११ बजे परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग हैदरावाद हाउसमा भेटवार्ता गर्नेछन् । त्यस्तै पौने १२ बजे हैदरावाद हाउसमै संयुक्त आयोगको बैठकमा उनी सहभागी हुनेछन् ।

त्यसपछि केही राजनीतिक भेटघाटका लागि समय मागिएको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । यद्धपि अहिलेसम्म समय निश्चित भएको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने गरी नेपाली पक्षले तयारी गरेपनि अहिलेसम्म समय निश्चित भएको छैन । अन्य केही भेटघाटको पनि तयारी गरिएको छ । भोलि मात्र ज्ञवाली स्वदेश फर्किनेछन् ।

भारतले भने प्रतिनिधिसभा विघटनका बेला नेपालमा कामचलाउ सरकार रहेकाले संयुक्त आयोगको बैठक नै गर्न खोजेको थिएन । तर, नेपालको लगातार दबाब पछि भारत आयोगको बैठकका लागि तयार बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्