काठमाडौं, २ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप प्रशासनले कार्यकालको अन्तिम दिन चीनमाथि नयाँ प्रतिबन्ध लगाएको छ ।
ट्रम्प प्रसासनले चीनको सरकारी तेल कम्पनी ‘चाइना नेशनल अफशोर आयल कर्पोरेसन’ माथि प्रतिबन्ध लगाएको हो । चीनको तेल कम्पनीले अमेरिकी नागरिकले कारोबार गर्न नपाउने कम्पनीलाई समेत सूचिमा समावेश गरेको भन्दै अमेरिकाले राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै प्रतिबन्ध लगाएको हो ।
प्रतिबन्धले नवनिर्वाचित अमेरिकाकी राष्ट्रपति जो बाइडनलाई अप्ठ्यारो पर्ने विश्लेषण हुन थालेको छ । अमेरिकाले चीनका धेरै अधिकारी र तिनका परिवारको अमेरिका यात्रामा समेत प्रतिबन्ध लगाएको छ ।