Logo
Logo

सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा बक्सिङ प्रतियोगिता हुँदै


- दृष्टि न्युज/संवाददाता

630
Shares

काठमाडौं, २ माघ । प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ हुने भएको छ ।

प्रतियोगिता आगामी फागुन १९ देखि २२ गतेसम्म काठमाडौंमा सञ्चालन हुने मूल आयोजक समितिले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । काठमाडौंको स्युचाटारमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडी सहभागी हुने आयोगकको विश्वास रहेको छ ।

प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै दोस्रो हुनेले ७ हजार र तेस्रो स्थान हासिल गर्नेले २ खेलाडीले जनही ४ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालनका नागार्जुन नगरपालिकाले २० लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतको संयोजकत्वमा १ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । स्वर्गीय नेता सिंह नेपाली राजनीतिका मुर्धन्य व्यक्तित्व मात्र नभई, पहलमानी र बक्सिङ खेलको कुसल खेलाडी समेत रहनु भएकाले उहाँको योगदानबारे आजको पुस्तालाई खेलकुदका माध्यमबाट अवगत गराउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्