काठमाडौं, ३ माघ । नेपाल विद्युत प्राधिकरणले आज काठमाण्डौं उपत्यकाका विभिन्न क्षेत्रमा केही समय बिद्युत काटिने बताएको छ ।
प्राधिकरणले दिएको जानकारी अनुसार बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट २१ ठाउँमा विद्युत प्रवाह रोकिने भएको छ ।
मर्मतका कारण हात्तीगौडा, धापासी हाइट, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबु, मित्रनगरलगायत क्षेत्रमा केही घण्टा बिजुली नआउने भएको छ । मर्मत सकिए लगत्तै बिजुली आपूर्ति हुने पनि प्राधिकरणले जानकारी दिएको छ ।