Logo
Logo

देशलाई अस्थिरताबाट बचाउन संसद् पुर्नस्थापना हुनैपर्छः पौडेल


- दृष्टि न्युज/संवाददाता

441
Shares

तनहुँ, ३ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेकै अवस्थामा निर्वाचन हुन नसक्ने बताउनु भएको छ ।

पञ्चायतकालिन शैलिमा घोषणा गरिएको निर्वाचन हुन नसक्ने नेता पौडेलको भनाइ रहेको छ । यस्ता विर्नाचन बिगतमा पनि बहिस्कार गर्दै आएको र अहिले पनि बहिस्कार नै गर्नु पर्ने उनको धारणा रहेको छ । उनले भने, ‘चुनावमा जान कांग्रेसलाई कुनै हतार भएको छैन, अब चुनाव आयो, कांग्रेस ठूलो पार्टी बन्छ भनेर चुनावमा जान हतार गर्नु हुँदैन । काँग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन ।’

प्रजातन्त्र सेनानी तनहुँ शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको नवौं पुण्यतिथिमा आयोजित शोकसभालाई सम्बोधन गर्दै नेता पौडेलले देशलाई अस्थिरताको भुमरीबाट बचाउन संसद् पुर्नस्थापनाको विकल्प नरहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्