Logo
Logo

प्रचण्ड–नेपाललाई ओलीको सुझाव : ‘सूर्य चिह्न चाहिए,पार्टीमा आउ’


- दृष्टि न्युज/संवाददाता

1.3k
Shares

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई सूर्य चिह्न चाहिए पार्टीमा फर्कन सुझाव दिएका छन् । आज (शनिवार) काठमाडौंमा प्रदेश नम्बर १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाले कसैको पनि पद नखोसेको भन्दै पार्टीमा फर्किन प्रचण्ड र नेपाललाई सुझाव दिएका हुन् ।

एक पटक पनि सूर्य चिह्नबाट चुनाव नलडेकालाई सूर्य चिह्न दावी गर्ने अधिकार नभएको भन्दै पार्टीमा फर्कन सुझाएका हुन् । प्रचण्डप्रति कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले तीन वर्षसम्म कम्युनिष्टको तालमा हिँड्न सिकाए पनि नसकेको बताए ।प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालले राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि अनावश्यक दवाव दिने र गाली बेइज्जीब दिने र गाली बेइज्जती गरेको आरोप लगाए ।

पार्टी अध्यक्षविरुद्ध अराजक, अनुशासनहीन ढंगले सडक, सञ्‍चारमाध्यमहरुमा गएर असभ्य बोल्ने काम भएको भन्दै उनले असन्तुष्टि समेत जनाए । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा कि बृहत् इजलासमा भन्नेमा विवाद गरेर अड्को थापिएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्