Logo
Logo

माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच टिएसिफपी कार्यक्रमअन्र्तगत सम्झौता


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामअन्र्तगत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी) को तर्फबाट सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, स्टेभन विक तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

ट्रिपल ए क्रेडिङ रेटिङ प्राप्त एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २०० भन्दा बढी बैंकहरुसँग सहकार्य गरिसकेको छ । उक्त सम्झौतापश्चात एडिबीको ग्यारेन्टीमा माछापुच्छ्रे बैंकले विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टीसंग सम्बन्धित फाइनान्सिङ सुविधाहरु प्रदान गर्नेछ ।

आफ्ना ग्राहकलाई विश्वसनिय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको बैंकले एडिबीसँग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास लिएको छ ।

स्थापनाकालदेखि नै बैंक रिटेल, कर्पाेरेट तथा ट्रेजरीजस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा नयाँ नयाँ प्रविधिहरुको माध्यमबाट सरल र सहज बैंकिङ सेवा प्रदान गर्नका लागि कटिवद्ध रहँदै आएको छ । पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखा, १५१ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा ३१६ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ एटीएम तथा एक हजारभन्दा बढी पिओएस मेसिनमार्फत ग्राहक महानुभावलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्