दमक, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका अनेक रुप छन् । यसो कल्पना गरौं । उनी राजनीतिज्ञ नभएको भए के हुन्थे होला रु
पहिलो उत्तर– कमेडियन !
हो उनी राजनीतिक नेतृत्वको अलवा राम्रो कमेडियन हुन । उनका अघिकांश अभिव्यक्तिले सकारात्मक/नकारात्मक जे जस्तो भए पनि हास्न प्रेसित गर्छ ।
दोस्रो उत्तर– पुरा नहुने सपना बाड्ने नेता
मानौं उनी सपना देख्न सिकाउने व्यक्ति पनि हुन । पुरा होस या नहोस सपना भने पक्कै देखाउँछन् । ओलीले देखाएका सपनाको पछि लागेर सयौंको भविष्य अन्धकारमै गयो होला । तर, उनी सपना देखाउँन पछि पर्दैनन् ।
ओलीले देखाएका अनेकौ सपना मध्ये ‘रेल’ एउटा सपना हो । धेरै पटक उनले आजै रेल आउँछ, भोली नै आउँछ भन्दै भाषण गरे । तर, समृद्ध नेपालको एक आधार मानिएको ‘रेल सेवा’का लागि ओली आफु कहिले गम्भीर भएनन् । बरु समृद्ध नेपालको यात्रा अलपत्र पारेर वर्तमान राज्यव्यवस्था नै समाप्त पार्ने खेलमा लागे । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनको यात्रा तय गरे । उनै ‘सपनावाज’ ओली, उनै ‘कुशल कमेडियन’ ओली अहिले सबैभन्दा आलोचनाको पात्र बनेका छन् । उनै ओली अधिक उडाइने पात्र बनेका छन् । आफैले बाँडेका सपना ओलीलाई आलोचना गर्ने वा उडाउने गज्जबको बिषय बनेका छन् ।
एक पटक उद्योगी–व्यवसायीको कार्यक्रममा ओलीले भनेका थिएः ‘भोली नै टन्न सामान बोकेर भारतबाट रेल आइपुग्छ । तपाईहरु खाली पठाउनु हुन्छ ? आजैबाट उत्पादनमा जुट्नुस् ।’ उद्योगी–व्यवसायी धमाधम उत्पादन गर्दैनछन् । तर, ओलीले भोली नै आइपुग्छ भनेको रेल खै कहिले आउने हो थाहा छैन । रेल पो आएन होला, ओलीको गृहनगर झापाको दमकमा ‘सिटी रिक्सा रेल’ चाहिँ आइपुग्यो !
‘सिटी रिक्सा रेल’ भन्दा अचम्ममा प्रनु भयो होला । अचम्म मान्नै पर्ने कुरा छ । कुरा यस्तो छ–
ओलीको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेसले ओलीको गृहनगर दमकमा प्रतिकात्मक रेलसहित प्रदर्शन गर्यो । प्रधानमन्त्रीले रेल र पानी जहाज ल्याउने सपना देखाएर चुनाव जितेका थिए । तर, रेल ल्याउँन छोडेर व्यवस्था विरुद्ध रेला गर्न थाले । असंवैधानिक रुपमा संसद विरुद्ध प्रतिनिधिसभा विघटन गरेर व्यवस्थामा धावा बोले । ओलीको त्यहि कदमविरुद्ध दकमवासीले ‘सिटी रिक्सा रेल’ सहित प्रर्दशन गरे ।
‘ओली एक्सप्रेस’ लेखिएको ‘सिटी रिक्सा रेल’ले ओलीलाई आफ्नै गृहनगरबाट नमज्जाले गिज्यायो । उनलाई लाग्दो हो– ‘दुनियाँलाई पङ्गु बनाए ।’ तर, आफ्नो वाचाहरुका कारण ओली आफै पङ्गु हुँदैछन् । रेल ल्याउँछु भन्ने ओली ‘रेला’का पात्र बनेका छन् ।