काठमाडौं, ३ माघ
आफुलाई एउटा केटा भनेर अपहेलना गरेकोमा नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।
ओलीको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै उनले फेसबुकमा लेखेका छन्,‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै यहाँले कर्सुी प्राप्त गर्नुभएको हो । केटा भनिपाउँदा मलाई दुुःख छैन । तपाईको स्तर थाहा पाएन, खुशी लाग्यो ।
शनिबार आयोजित एक कार्यक्रममा ओलीले योगेशलाई लक्षित गरी एक केटोलाई चुनाज जिताएर आफुले मन्त्री बनाएर तर बैगुनी केटो पुक्क लात्ता हानेर भाग्यो भनेर व्यंग्य गरेका थिए ।
योगेश ओलीकै मन्त्रिपरिषद्मा पर्यटनमन्त्री थिए । संसद बिघटन गर्ने ओलीको कदममा असहमति जनाउँदै उनी राजिनामा दिएर सडक संघर्षमा उत्रिएका छन् ।