Logo
Logo

भारतमा पहिलो दिन १ लाख ९१ हजार बढीलाई लगाईयो कोरोनाको भ्याक्सिन


- दृष्टि न्युज/संवाददाता

441
Shares

काठमाडौं, ४ माघ । कोरोना भाईरस विरुद्धको खोप भारतमा पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई दिईएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतका अनुसार खोप अभियान अन्तर्गत पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई कोभिड-१९ को भ्याक्सिन दिइएको हो ।

मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिन ३,३५१ सेसन भए जसमा कोभ्याक्सिन र कोभिशिल्ड दुबै भ्याक्सिनको प्रयोग गरियो । भारतीय खोप अभियानलाई संसारको सबैभन्दा ठूलो खोप अभियान बताइँदै छ ।

मिडियामा आएको रिपोर्ट अनुसार मन्त्रालयले खोप लगाएपछि कसैलाई पनि अस्पताल भर्ना गर्न आवश्यक नपरेको दाबीसमेत गरेको छ । यद्यपि, दिल्लीमा कोरोना भ्याक्सिन लगाएपछि केही मानिसहरुमा एलर्जीको लक्षण देखिएको छ । यी मानिसहरुलाई स्थानीय प्रशासनको निगरानीमा राखिएको छ । अधिकारीले खोप अभियानको पहिलो दिन केही प्राविधिक समस्या आएपनि त्यो ठिक पारिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्