Logo
Logo

कोरोना महामारी : थप दुईको मृत्यु, विदेशमा ज्यान गुमाउने नेपालीको सख्या ३१९ पुग्यो


- दृष्टि न्युज/संवाददाता

630
Shares

काठमाडौं, ४ माघ । कोभिड–१९ को संक्रमणबाट विदेशमा थप दुई नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एक जनाको मृत्यु भएको हो । यससँगै विदेशमा कोरोनाबाट २० देशमा मृत्यु हुनेको संख्या ३१९ पुगेको छ ।
संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा संक्रमण देखिएका मध्ये ५२ हजार ९४५ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९५ प्रतिशत हो । यस साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीमा संक्रमण देखिएको छ ।
यस्तै भाइरसका कारण नेपालमा एक हजार ९५४ जनाको निधन भएको छ । नेपालमा भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६७ हजार ५६ जना छ भने दुई लाख ६१ हजार ४४ जना अर्थात् ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएको संघ, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताएका छन् ।
बेलायत र दक्षिण अफ्रिकामा देखापरेको कोरोना भाइरसको नयाँ स्वरुप (कोरोनाभाइरस भेरियन्ट)विरूद्ध अहिले बजारमा आएका खोप प्रयोग गर्न सकिने भएको छ । उनका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेकलगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसका विरूद्धमा प्रभावकारी हुने देखाएको हो ।
यस्तै, नेपालमा कोरोना महामारी घट्दो क्रममा रहेको भए पनि स्वास्थ्य साबधानी आवश्यक रहेको स्वास्थ समितिले जनाएको छ । हाल दैनिक भइरहेको कूल परीक्षण गरेकामध्ये कम्तीमा १०. ५ मा सङ्क्रमण हुने गरेको र जोखिम कम नभएको उल्लेख गरेको छ । परीक्षणको दायरा पनि घटेको अवस्थामा वास्तविक तथ्यांक के हो भन्न नसकिने समितिले जनाइएको छ

प्रतिक्रिया दिनुहोस्