काठमाडौं, ४ माघ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति ‘सिसिएमसी’ले नेपालमा कोरोना संक्रमणको अवस्थाका बारेमा समिक्षा गरेको छ । सिंहदरबारमा आज (आइतबार) बसेको सिसिएमसीको बैठकमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको प्रयास र आगामी रणनीतिका बारेमा समिक्षा गरिएको हो ।
त्यस्तै कोरोना संक्रमणलाई मध्यनजर गर्दे निषेध गरिएका क्षेत्रलाई खुला गरिएपछिको अवस्थाका बारेमा पनि छलफल भएको छ । बैठकमा आगामी रणनीतिका बारेमा छलफल भएपनि कुनै ठोस निष्कर्षमा नपुगि बैठक सकिएको छ । यसअघि बसेको सिसिएमसी बैठकले कोरोना संक्रमण उच्च भएका देशबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको थियो ।