Logo
Logo

सर्वोच्चमा संसद विघटन विरुद्धको मुद्दा, निर्वाचन आयोग चुनावको मुडमा


- दृष्टि न्युज/संवाददाता

504
Shares

काठमाडौं, ४ माघ । सरकारले प्रतिनिधिसभा विघटन गरेको विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहँदा निर्वाचन आयोग भने सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनको तयारीमा जुटेको छ । आज (आइतबार ) आयोगले १५ माघमा मतदाता नामावलीको सूचना प्रकाशित गर्ने तयारी अघि बढाएको हो ।

निर्वाचनको तयारीका बारेमा राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दै आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्य स्थानीय तहमा १५ माघ देखि २१ माघसम्म सञ्चालन गर्ने मतदाता नामावलीको सूचना प्रकाशित गर्ने तयारी भएको जानकारी दिएको छ । यस्तै, आयोगले सोही समयमा नामावलीमा भएको त्रुटि सच्याउन सकिने समेत जनाएको छ । यद्यपी, छलफलमा राजनीतिक दलले प्रतिनिधिसभा बिघटनको विषय सर्वोच्चमा चलिरहेकाले चुनावको नाममा अनावश्यक खर्च नगर्न सुझाव दिएका थिए । सरकारले ५ पुषमा प्रतिनिधि सभा बिघटन गरेर १७ वैशाख २०७८ मा मध्यावधि चुनाव घोषणा गरेको थियो । त्यसलगत्तै आयोग चुनावको तयारीमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्