Logo
Logo

प्रचण्ड भन्छन् : ‘मलाई लाठी खान मन छ’


- दृष्टि न्युज/संवाददाता

756
Shares

काठमाडौं, ४ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले आक्रामक आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा प्रचण्ड–नेपाल निकट अनेरास्ववियू उपत्यकास्तरीय भेलालाई आज (आइतबार) काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले देशलाई प्रतिक्रान्तिको अँध्यारो, भड्खालोमा हालेको हेर्न नसकिने भन्दै आक्रामक आन्दोलनको तयारीका लागि कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

आन्दोलनको अग्रभागमा आफू रहने भन्दै उनले भने –‘मलाई यसपटक किन किन टाउको चिलाएको छ, उहिले गिरिजाबाबु जस्तै आन्दोलनको अगाडि जान्छु । यसपटक लाठी खान मन छ, आन्दोलन आक्रामक बनाउनुस्।’ प्रचण्डले जनताले सडकबाटै ठूलाठूला फैसलाहरू गरेको इतिहास स्मरण गराउँदै बरु मर्न तयार रहेको तर झुक्न नसकिने बताए । प्रचण्डले आफू हिजो जनयुद्ध गर्दा पनि मर्न तयार भएर हिँडेको र फेरि पनि मर्न तयार रहेको बताए । उनले विद्यार्थीलाई आक्रामक र आवेगमा आउन निर्देशन दिँदै भेजिटेरियन खालको आन्दोलनले काम नहुने बताए । प्रचण्डले सिंगो राष्ट्र केपी ओलीको प्रतिगमनकारी कदमविरुद्ध रहेको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्