Logo
Logo

आजदेखि खुले काठमाडौ महानगरका विद्यालय


- दृष्टि न्युज/संवाददाता

567
Shares

काठमाडौं, ४ माघ । कोरोना भाइरस (कोभिड १९) का कारणका दश महिनादेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आज ( आइतबार) देखि सञ्चालनमा आएका छन् । गत चैत्र ११ गतेदेखि लकडाउन भएपछि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिक रूपमै विद्यार्थीको उपस्थितिमा सञ्चालनमा आएको हो ।


वैकल्पिक शिक्षण सिकाईमार्फत् असारदेखि नै भर्चूअल रूपमा पठनपाठन भएपनि भौतिक रुपमा भने पठनपाठन हुन सकेको थिएन । महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले विद्यार्थीको उपस्थितिमा भौतिक रुपमा विद्यालय खोल्न सकिने बताएपछि आइतबारदेखि महानगरपालिका भित्रका केही विद्यालय खुलेको काठमाडौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । काठमाण्डौका केहि विद्यालयहरू आइतबारदेखि खुलेपनि सम्पूर्ण विद्यालय खुल्न भने अझै केही दिन लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्