Logo
Logo

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने पक्राउ


- दृष्टि न्युज/संवाददाता

756
Shares

ललितपुर, ४ माघ । सामाजिक सञ्जाल मार्फत ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा विभिन्न कम्प्युटर, मोबाईल, घडी, ल्यापटप, क्यामेरा जस्ता ईलोक्ट्रोनिक सामानहररू बजार मूल्य भन्दा सस्तोमा डेलिभरी गराउने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पर्सा पकाहामैनापुर गाउँपालिका–४ का २८ वर्षीय अजय भन्ने प्रमोद साह  तेली र पर्सा बहदुरमाई नगरपालिका–८ घर भई काठमाडौं गौशाला बस्ने ३९ वर्षीय मेवालाल साह तेलीलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूले ठग्नकै लागि विज्ञापन राखी विभिन्न व्यक्तिहरुलाई लोभलालचमा पारी रकम जम्मा गर्न लगाई रकम पाए पश्चात सम्पर्क विहिन भई सामान समेत डेलिभरी नगरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्