Logo
Logo

आज राति इन्टर मिलान र युभेन्टस् भिड्दै


- दृष्टि न्युज/संवाददाता

504
Shares

इटालिएन सिरिए अन्तर्गत आज राति क्रिस्टियानो रोनाल्डोको टोली युभेन्टसले बलियो प्रतिद्वन्द्वी इन्टर मिलानको सामना गर्दै छ । नेपाली समयअनुसार राति साढे १ बजे मिलानको मैदान सान सिरोमा खेल हुँदै छ । जारी लिगमा २ खेल हारे पनि मिलानको अंक युभेन्टसको भन्दा बढी छ ।

एक खेल मात्र गुमाए पनि युभेन्टसले जारी सिजनमा ६ बराबरी गरिसकेको छ । १६ खेलबाट ३३ खंक बनाएको युभेन्टस हाल चौथो सस्थानमा छ । आजको खेलमा जीत निकाले युभेन्टस् तेस्रो स्थानको रोमालाई उछिन्नेछ । युभेन्टस् भन्दा एक खेल बढी खेलेको मिलानको भने ३७ अंक छ । लिगको शीर्ष स्थानमा भने एसी मिलान छ । उसले १७ खेलबाट ४० अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्