काठमाडौं, ५ माघ । नेपाली कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले पार्टीभित्रको झगडाको रिस केपी शर्मा ओलीले राष्ट्रमाथि पोखेको बताएका छन् ।
नेता सिटौलाले अदालतले संविधानअनुसार फैसला नगरे नागरिकको भरोशा टुट्ने समेत बताए । उनले सिटौलाले बाध्यात्मक परिस्थीतिमा मात्र संसद बिघटन हुने व्यवस्थामात्र संविधानमा रहेको तर्क गरे । गणेशमान सिंह तथा शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौं आयोजना गरेको कार्यक्रममा उनले शक्ति प्रदर्शनले बाह्य चलखेल रोकिने र अदालतले पनि सही निर्णय गर्ने बताए ।
त्यस्तै उनले निर्वाचनमा जान कांग्रेसले हतारो गर्न नहुने र असंवैधानिक कदमबिरुद्ध संघर्ष गर्नुपर्ने जिकिर गरेका छन् ।