काठमाडौं, ५ माघ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा गौशलाका मिठाई पसले तपन घोसलाई बिशेष अदालतले सफाई दिएको छ । न्यायाधीशहरु प्रेमराज कार्की, नित्यानन्द पाण्डेय, चक्रबहादुर सारुको इजलासले उनलाई सोमबार सफाइ दिएको हो ।
घोसलाई ठिक चार वर्षअघि महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । बिद्युत प्राधिकरणका कर्मचारीसँग मिलेर उनले प्राधिकरणलाई ठगी गर्दै आएको खुलेको थियो । बिजुलीको मिटर घुमाएर ठगी हुँदै आएको थियो । त्यसरी उनले अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत उनीविरुद्ध मुद्दा चलाएको थियो । तर, उनले सफाई पाएका छन् । घोसले अवैध धन्दाबाट प्रशस्त सम्पत्ति जोडेको पाइएको थियो ।