Logo
Logo

कमलपोखरीमा पुरातत्वको निर्देशनविपरीत चलाईयो रातारात डोजर (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता

1.4k
Shares

काठमाडौं, ६ माघ । ऐतिहासिक महत्वको कमलपोखरीमा (हिजो) सोमबार राति डोजर चलाइएको छ । कमलपोखरीमा निर्माण कार्य रोक्न पुरातत्व विभागले आदेश दिएको थियो । तर, निर्देशनविपरीत रातारात डोजर चलाइएको हो ।

कमलपोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणलाई असर पर्ने गरी निर्माण कार्य अघि नबढाउन भन्दै पुरातत्वले सोमबार काठमाडौं महानगरपालिकालाई पत्र लेखेको थियो । तर, सोमबार राति नै त्यहाँ डोजर चलाईको हो ।

अहिले उक्त कार्यको विरोध भईरहेको छ । सम्पदा संरक्षण अभियन्ता आलोकसिद्दी तुलाधरले पनि सोमबार राति डोजर चलाइएको बताए । उनले भने, ‘‘काम अघि बढाउने उद्देश्यले राति डोजर चलाएको देखिन्छ । उनले आफूहरुले त्यसलाई रोक्न पहल गरिरहेको समेत बताएका छन् । उनले कमलपोखरीमा डोजर चलाइएको तस्बिर ट्वीटरमा सेयर गर्दै त्यसलाई तत्काल रोक्न मागसमेत गरेका छन् ।

त्यस्तै, गणपतिलाल श्रेष्ठले पनि फेसबुकमा उक्त डोजर चलाएको भिडियो सेयर गर्दै लेखेका छन्, ‘‘डोजर गयो आजलाइ मात्र । भोलि फेरि सलबलाउने छ त्यसैले सचेत रहौ र जुटौ कमलपोखरीको महत्त्व र मर्मलाई न्याय दिलाउन।’’

पुरातत्वले काठमाडौं महानगरपालिकालाई ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा प्रतिकूल असर नपर्ने गरी परम्परागत निर्माण सामग्री तथा प्रविधिको प्रयोग गरी कमलपोखरीको पुनर्निर्माण गर्न निर्देशन दिएको हो । काठमाडौं महानगपालिका–१ स्थित कमलपोखरीको ऐतिहासिकता मास्ने गरी पुनर्निर्माण भइरहेको भन्दै अभियन्ताहरुले त्यसलाई रोक्न माग गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्