काठमाडौं, ६ माघ । भारतमा कोरोना विरुद्धको खोप लागएका २ जनाको मृत्यु भएको छ। कर्नाटकमा एक र उत्तर प्रदेशमा एक गरेर दुई जनाको मृत्यु भएको हो।
खोप लगाएका मध्ये ५ सय ८० जनामा नकारात्मक असर देखिएको छ । खोपको नकारात्मक असर देखिएका मध्ये ७ जना सिकिस्त बिरामी भएर अस्पताल भर्ना भएका छन्।
कर्नाटक राज्यमा खोप अभियान सुरु भएकै दिन खोप लगाएका ४३ वर्षीय बिरामीको खोप लगाउनासाथ मृत्यु भएको हो भने उत्तर प्रदेशको मुरादाबादमा खोप लगाएका ५२ वर्षीय व्यक्तिको भोलिपल्ट मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ ।
भारतमा जारी कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत तेस्रो दिन सोमबारसम्म ३ लाख ८१ हजार जनाले खोप लगाएका छन्।