Logo
Logo

नेपालमा कारोना खोप पठाउने भारत सरकारको निर्णय


- दृष्टि न्युज/संवाददाता

2k
Shares

काठमाडौं, ६ माघ । भारत सरकारले नेपालललाई कोरोना खोप पठाउने निर्णय गरेको छ । भारतीय संचार माध्यमका अनुसार भारतले नेपाल सहित निकट मित्र राष्ट्रलाई कोरोना खोप दिने निर्णय गरेको छ।

आज बसेको स्वास्थ्य मन्त्रालय, विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र औषधि विभागको संयुक्त बैठकले नेपाललगायत भारतका अत्यन्त नजिकका मुलुकमा कोरोना खोपको डोज पठाउने निर्णय गरेको हो ।


भारत सरकारले पहिलो चरणमा नेपाल, भुटान, सेसल्स, अफगानिस्तान र बंगलादेशलाई सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको ‘कोभिसिल्ड खोप’ प्रदान पठाउने भएका हुन । मंगोलिया, ओमान, म्यान्मार, फिलिपिन्स, बहराइन, मालद्वीप र मरिसियसलाई भने भारत बायोटेक कम्पनीले उत्पादन गरेको खोप पठाउने भारतको तयारी रहेको छ । दुवै खोप सरकारी स्तरबाट सप्लाई गरिनेछ। यसको यसको व्यवस्थापन गर्ने जिम्मा परराष्ट्र मन्त्रालयले मिलाउने बताइएको छ ।

भारत सरकारले छिमेकी राष्ट्रलाई खोप पठाउने निर्णय गरेको भएता पनि कहिले पठाउने र कहिलेसम्ममा छिमेकी देशमा पुग्छ भन्नेबारे जानकारी दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्