Logo
Logo

प्रधानमन्त्री कपमा लुम्बिनीको विजयी सुरुवात


- दृष्टि न्युज/संवाददाता

441
Shares

काठमाडौं, ६ माघ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज (मंगलबार) प्रदेश २ लाई ७७ रनले पराजित गर्दै लुम्बिनीले सुखद सुरुवात गरेको हो ।

लुम्बिनीले दिएको २ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ८० रन मात्र बनाउन सक्यो । यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।

जितसंगै समूह ‘बी’ को लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ । प्रदेश २ ले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्