काठमाडौं, ७ माघ । प्रतिनिधिसभा विघटनको विरुद्धमा उत्रिएको नेकपा (प्रचण्ड–माधव) समूहले सम्पाकहरुसँग छलफल गरेको छ ।
दरबारमार्गको होटल याक एण्ड यतीमा भएको छलफलमा प्रतिनिधिसभा विघटनले उत्पन्न संवैधानिक संकटका बारेमा चर्चा गरिएको छ ।
राजनीतिक संकटका बेला सम्पादकहरुको भूमिकाबारे छलफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपाकै प्रचण्ड–माधव समूह सहित प्रतिपक्ष दलहरु आन्दोलनमा छन् ।
विभिन्न पेश व्यवसायी संगठन, नागरिक समाज लगायतसँग प्रचण्ड–माधव समूहले छलफल गर्दै आएको छ ।