अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा स्टिङ अप्रेसन गरी दुई जनालाई पक्राउ गरेको छ ।
नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठले सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि अतिरिक्त रकम माग गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले दुवै जनालाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।