काठमाडौं, ७ माघ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका मुद्दामाथि जारी सुनुवाइमा बहस गर्ने अधिवक्तालाई समय तोकिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आधा घण्टाको समय निर्धारण गरेका हुन् ।
सअघि एउटै अधिवक्ताले घण्टौँ बहस गरेपछि समय अभाव भएको भन्दै छरितो बनाउन न्यायाधीशहरुले सुझाव दिएका थिए । तर, प्रधानन्यायाधीश राणाले समय निर्धारण गरेलगत्तै बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहसका लागि एक घण्टा समय माग गरेका थिए । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सरकारको निर्णयविरुद्ध गत आइतबारदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ । आज चौंथो दिन पनि बहस जारी छ ।