Logo
Logo

भारतले आजैदेखि कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउँदै


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, ७ माघ । भारत सरकारले नेपालसहित भूटान, बंगलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायतास्वरुप उपलब्ध गराउने भएको छ ।
भारतको बाह्य मामिला मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी छिमेकीहरु भारतका मुख्य साझेदार देशलाई आफ्नो मुलुकमा उत्पादित कोरोनाविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको जनाउँदै आजैदेखि नेपाल, भूटान, बंगलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई खोप उपलब्ध गराउने बताएको हो ।
अफगानिस्तान, श्रीलंका र मरिसस्बाट भने खोपको स्पष्ट आवश्यकतासम्बन्धी जानकारी प्राप्त नभएकाले ती देशमा आवश्यकताअनुसार पछि उपलब्ध गराइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्