काठमाडौं, ७ माघ ।
चितवनमा कार्यरत तीन प्रहरी घुससहित पक्राउ परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले एक हवल्दार र दुई जवानलाई पक्राउ गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत हवल्दार लोकबहादुर घर्तीमगर, जवान जमुना खड्का र अर्का एक जवान पक्राउ परेका छन् ।
अटो रिक्सावालासँग पैसा असुलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका छन् । पक्राउ परेकालाई निलम्बन गरिएको प्रदेश कार्यालयले जनाएको छ ।
प्रदेशमा हुने घुसखोरी रोक्न प्रदेश कार्यालयले बिशेष टिम गठन गरेर परिचालन गरेको छ ।