Logo
Logo

उखु किसानको वक्यौता भुक्तानी गर्न मानव अधिकार आयोगको आग्रह


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, ७ माघ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता रकम यथाशीघ्र दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त गरेको हुँदा सम्पूर्ण रकम दिन आयोगले आग्रह गरेको हो ।


मानव अधिकार आयोगले जारी गरेको विज्ञप्ति

आज आयोगका प्रवक्ता प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै सम्पूर्ण रकम सम्झौता अनुरुप शीघ्र उपलब्ध गराउन तथा बक्यौता उपलब्ध नगराउने उद्योगीलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको पुनःध्यानाकर्षण गराउन भनिएको छ । “मृतक नारायण राय यादवको परिवार तथा अन्य किसानले अझै पाउन बाँकी रहेको सम्पूर्ण रकम सम्झौताअनुरुप शीघ्र उपलब्ध गराउन तथा त्यसरी बक्यौता उपलब्ध नगराउने उद्योगीलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन आयोग सरकारको पुनःध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ ।

आयोगले तराई–मधेशका उखु किसानको श्रम तथा सम्पत्तिको अधिकार, निजले लामो समयदेखि गरिरहेको माग तथा सङ्घर्षका कार्यक्रमलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । यस्तै, आयोगले अनुगमनका क्रममा सङ्घर्ष समितिका संयोजक, चिनी मिल व्यवस्थापन र स्थानीय उखु किसानसँग छलफल गर्नुका साथै विरोध प्रदर्शनका क्रममा काठमाडौँमा गत पुस १४ गते मृत्यु भएका नारायण यादवको सर्लाहीस्थित घरमा पुगी निजको परिवारको आर्थिक, सामाजिक अवस्था तथा उखु किसानले बक्यौता रकम अझै प्राप्त गरे/नगरेका सम्बन्धमा समेत लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्