Logo
Logo

सन्दीप लामिछानेलाई रिलिज गर्ने दिल्लीको तयारी


- दृष्टि न्युज/संवाददाता

1.1k
Shares

काठमाडौैं, ७ माघ । इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको उप विजेता दिल्ली क्यापिटल्सले नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेलाई रिलिज गर्ने भएको छ । क्रिकेट वेबसाइट क्रिकइन्फोले सन्दीपलाई दिल्लीले रिलिज गर्ने निर्णय गरेको जनाएको हो । तर, दिल्लीले औपचारिक रुपमा केहि बताएको छैन । दिल्लीले सन्दीपसँगै जेसन रोय र मोहित शर्मालाई रिलिज गर्ने निर्णय गरेको क्रिकइन्फोले जनाएको छ । आईपीएलले फ्रेन्चाइज टिमलाई खेलाडी रिलिज र रिटेनको मिति आज बुधबारसम्मको दिएको छ ।

युएईमा सम्पन्न १३ औं संस्करणको आईपीएलसँगै सन्दीपको दिल्लीसँगको तीन वर्षे सम्झौता सकिएको थियो । सन् २०१८ मा अक्सनबाट न्युनतम मूल्य २० लाख भारुमा सन्दीपलाई दिल्ली खरिद गरेको थियो । त्यसपछि दिल्लीले थप दुई वर्षको लागि सन्दीपलाई रिटेन गरेको थियो । सन्दीपले डेब्यु सिजन दिल्लीका लागि ३ खेलमा ५ विकेट लिएका थिए । यस्तै सन्दीपले दोस्रो वर्ष ६ खेल खेल्दै ९ विकेट लिन सफल भएका थिए । तर, सन्दीपले १३ औं संस्करणमा भने मैदान उत्रन पाएनन् ।

प्रतिक्रिया दिनुहोस्