Logo
Logo

भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिलाई विपद् जोखिम तालीम


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडाैं, ७ माघ । भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधि र कर्मचारीलाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी तीन दिने कार्यशाला सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा भएको कार्यक्रममा सिन्धुपाल्चोकका छ, दोलखा र भक्तपुरका एक/एक स्थानीय तह सहभागी भएका थिए ।

सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल, बलेफी, भोटेकोशी, लिसङ्खुपाखर, सुनकोशी र त्रिपुरासुन्दरी गाउँपालिका, दोलखाको बैत्येश्वर गाउँपालिका एवं भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र महिला सदस्य गरी ३२ जनाको कार्यशालामूलक तालीममा सहभागिता थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले भूकम्प गएको पाँच वर्ष पार गर्दासमेत लाभग्राही पहिचान नसकिएकाले अनगुमनमा जान लागिएको बताए । भूकम्पबाट क्षति भएका ७८ हजार घर प्रबलीकरण लाभग्राही सूचीमा परेकामा बन्न नसकेकाले पुनर्निर्माण लाभग्राही सूचीमा जान चाहनेलाई निवेदन दिन आह्वान गरेअनुरुप १९ हजार ९८७ ले इच्छा व्यक्त गरेको जानकारी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्