Logo
Logo

कमलपोखरीको एक इन्च भूमि मिचिएको छैन : विद्यासुन्दर शाक्य


- दृष्टि न्युज/संवाददाता

441
Shares

काठमाडौं, ७ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरीको एक इन्च जमिन पनि नमिचिएको दावी गरेका छन् ।

आज (बुधबार) काठमाडौँ महानगरपालिकाको आठौँ नगरसभालाई सम्वोधन गर्दै प्रमुख शाक्यले कमलपोखरीको जग्गा नमिचिएको बताएका हुन् । ‘हामीले तयार पारेको ड्रोइङ–डिजाइन, हामीले गर्न खोजेको कामलगायतका बारेमा त्यहाँको सबै बस्तुस्थितिबारे छिटै पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौँ,’ शाक्यले भने ।

मेयर शाक्यले कमलपोखरीको ड्रोइङ डिजाइन सो क्षेत्रका तत्कालीन संघीय सांसद गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै पुर्ननिर्माणको काम अघि बढाएको बताए ।

‘बास्तुविदहरूसँग पनि हामीले पटक–पटक छलफल गरेर उहाँहरुको सुझाव अनुसार नै काम अघि बढाएका हौँ,’ शाक्यले भने । ठेकेदार कम्पनीलाई पनि पटक–पटक ताकेता दिएर समयमा काम सम्पन्न गर्न निर्देशन दिएको समेत मेयर शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्