सर्लाही, ८ माघ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिकामा रात्री बस पल्टिँदा दुईजना यात्रुको मृत्यु भएको छ भने चालक सहित १७ जना घाईते भएका छन् ।
दाङबाट काँकडभिट्टा जाँदै गरेको ना. ५ ख ४४८८ नम्बरको रात्री बस सडकबाट पल्टिँदा दाङको राप्ती गाउँपालिका–५ की ३६ वर्षीया राजकुमारी चौधरी र सोही स्थानकी २३ वर्षीया निर्मला चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजकुमारीको घटनास्थलमै तथा निर्मलाको उपचारका लागि वीरगंजतर्फ लैंजादै गर्दा मृत्यु भएको हो ।
३० जना सबार रात्री बस सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ । ३० जना सबार रात्री बस सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुका अनुसार बस अत्यन्त तिब्र गतिमा थियो । दुर्घटना हुने अघि पनि पटक–पटक अन्य सबारी साधनलाई उछिन्ने क्रममा आफूहरु त्रसित बनेको हरिवन स्थित स्वाभिमान अस्पतालमा उपचाररत दाङ घोराहीका अजयबहादुर पुनले जानकारी दिए । उनका अनुसार बस ठयाक्कै विहिबार बिहान ४ बजेर ४ मिनेटमा दुर्घटना भएको हो ।