Logo
Logo

बेलून उडाएर प्रतिनिधिसभा विघटनको विरोध


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, ८ माघ । नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघले बेलून उडाएर प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् । नेकपाको केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट युवा संघले बेलुन उडाएर विरोध जनाएको हो ।
प्रतिनिधिसभा विघटनपछि काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘प्रतिगामी’ भएको सन्देशसहित बेलुन उडाइएको थियो । युवा संघका नेता राजुविक्रम राईका अनुसार प्रतिनिसभा पुर्नस्थापनाको मागसहित बेलून उडाइएको छ । युवा संघले प्रतिनिधिसभा सवघटनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
दोस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेको छ । त्यसका लागि राजधानी बाहेक नजिकका जिल्लाहरुबाट समेत जनशक्ति ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्