Logo
Logo

प्रतिनिधिसभा नब्युँतिएसम्म आन्दोलन जारी : नारायणकाजी श्रेष्ठ


- दृष्टि न्युज/संवाददाता

567
Shares

काठमाडाैं, ८ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बिघटनको कदम खारेज नभएसम्म संघर्षका कार्यक्रमलाई सशक्त बनाएर अघि बढ्ने जनाएको छ । नेकपा आन्दोलनको केन्द्रीय संघर्षले आज (बिहिबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असंवैधानिक कदम खारेज र प्रतिनिधिसभा पुनः सञ्चालन नभएसम्म सशक्त आन्दोलन जारी राख्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा समितिका संयोजक नारायणकाजी श्रेष्ठले संघर्षका कार्यक्रमलाई निस्तेज नपार्दासम्म आन्दोलन जारी राख्ने बताए । संविधान कार्यान्वयनको बाटोमा अघि बढीरहेका बेला यसलाई खतरामा पार्ने काम भएकाले आन्दोलनको उपलब्धीलाई रक्षा गर्न पनि संघर्षको बिकल्प नभएको श्रेष्ठको दावी थियो । उनले शुक्रबार काठमाडौंका विभिन्न्न स्थानबाट र्याली सहितको प्रदर्शन हुने जानकारी समेत दिए ।

जुलुसको नेतृत्व स्थायी कमिटी नेताहरुले गर्नेछन् भने जुलुस रत्नपार्कमा आएर जम्मा हुनेछ । त्यसपछि मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहीदगेट, एनएसी, भोटाहिटी, रत्नपार्क, विद्युत प्राधिकरण हुँदै कोणसभामा परिणत हुने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्