काठमाडौं, ८ माघ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । उक्त आईपीओ निष्काशनको लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । यस कम्पनीसँग उच्चस्तरिय र गुणस्तरिय चुनढुङ्गा रहेको कम्पनीको दावी छ ।
उक्त सम्झौतामासोनापुर मिनरल्स्का प्रबन्धक सञ्चालक निपेश तायल र एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतामा निपेश तायल (प्रबन्धक सञ्चालक, सोनापुर मिनरल्स एण्ड आयल), मेख बहादुर थापा (नायव प्रमुख कार्यकारी अधिकृत, एनआईबीएल एस क्यापिटल) रसचिन्द्र ढुंगाना (सहायक महाप्रबन्धक, एनआईबीएल एस क्यापिटल)ले मिति २०७७ माघ ०७ गते हस्ताक्षर गरेका छन् ।
यस कम्पनीले २ करोड कित्ता शेयर स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।