Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : नेपालमा कोरोना विरुद्धको खोप भित्रिएदेखि एसिड पीडितलाई निगमले जागिर दिनेसम्म


- दृष्टि न्युज/संवाददाता

819
Shares

हेडलाइन्स्

१. भारतले अनुदानमा दिएको १० लाख कोरोना विरुद्धको खोप (कोभिडशिल्ड) नेपाल आइपुग्यो, टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण, एक साता भित्रै प्रदेशको भण्डारण केन्द्रमा पठाइने, सुरुमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रदान गरिने ।

२. प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पाचौं दिनमा पनि बहस जारी, सर्वोच्चले संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना माग्यो, बहस भोलि पनि जारी रहने ।

३. सांसद किनबेच हुने अवस्था आएपछि प्रतिनिधिसभा विघटन गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रष्टोक्ति, दाहाल नेपाल समूहले चलचित्र जस्तो तमासा देखाएको आरोप, विघटनको विषयमा मिडियाले पित पत्रकारिता गरेको प्रधानमन्त्रीको तर्क ।

४. नेपाली कांग्रेसको वडा केन्द्रित आन्दोलन सकियो, प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले अलोकतान्त्रिक काम गरेको नेताको आरोप, संसद विघटनविरुद्धको प्रदर्शनले जनताको भावना अभिव्यक्त गरेको सभापति देउवाको दावी ।

५. सरकारसँग भएको सम्झौता अनुसार चिनी मिलले रकम भुक्तानी नगरेपछि तेश्रो पटक उखु किसानद्वारा आन्दोलनको घोषणा, माघ १० गतेदेखिका आन्दोलनका कार्यक्रम सार्वजनिक ।

६. द्वन्द्वका बेला मानवअधिकार उल्लंघनका गम्भीर विषयहरुमा पूर्ण रुपमा आममाफी नहुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको प्रष्टोक्ति, मानव अधिकारको बढावा दिन प्रतिबद्ध रहेको दावी ।

७. नेपाल आयल निगमले तेजाव आक्रमणबाट पीडित दुई युवतीलाई जागिर दिने, ओखलढुंगाका पवित्रा कार्की र नवलपरासीकाी बसन्ती परियारलाई सघाउने निगमको निर्णय ।

८. नेप्सेमा ‘अल टाइम हाइ’ को अर्को रेकर्ड, २४ सय को नजिक पुग्दा ३१ अंकको उछाल, करिब ८ अर्बको किनबेच, २२ कम्पनीको मूल्यमा लाग्यो सर्किट ।

९. प्रधानमन्त्री कप क्रिकेटमाः विभागीय टोली पुलिस क्लब र एपीएफ क्लब विजयी, राष्ट्रिय महिला फुटबल लिगमा एपीएफको जीत, टी १० लिग खेल्न पारससहित तीन खेलाडी अबुधाबी प्रस्थान ।

१०.र, कार्यकाल सुरु गरे लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनले उल्ट्याए ट्रम्प प्रशासनका नीति, डब्ल्युएचओमा फर्कियो अमेरिका, कुवेतमा पनि देखियो नयाँ प्रजातिको कोरोना, भारतमा खोप बनाइरहेको सिरम इन्स्टिटयुटमा आगलागी ।

प्रतिक्रिया दिनुहोस्