Logo
Logo

प्रिमियर लिग फुटबलः बर्नलीसँग लिभरपुल पराजित


- दृष्टि न्युज/संवाददाता

378
Shares

काठमाडौं, ९ माघ । प्रिमियर लिग फुटबलमा साविकको विजेता लिभरपुल पराजित भएको छ । बिहीबार राति भएको खेलमा लिभरपुल बर्नलीसँग १–० गोल अन्तरले पराजित भएको हो ।

लिभरपुल घरेलु मैदानमै बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले निर्णायक गोल गरेका थिए । खेलको ८३ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुंगिएको हो ।

हारसँगै लिभरपुलले शीर्ष टोलीहरुसँगको अंक दूरी कम गर्ने मौका समेत गुमाएको छ । लिभरपुल ३४ अंक जोडेर चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्