Logo
Logo

अमेरिका र चीनबीचको विवादको भूमरीमा नेपाल !


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, ९ माघ । नेपालको सन्दर्भमा विश्वशक्ति राष्ट्रहरु अमेरिका र चीनबीच विवाद भएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्अन्तर्गत कार्यदलको १७ औं बैठकमा तिव्बत मामिलामा नेपालको दृष्टिकोणलाई लिएर दुईदेशबीच विवाद भएको हो ।

बैठकमा अमेरिकाले नेपालमा रहेका तिब्बती शरणार्थीको विषय उठाएको थियो । अमेरिकाले नेपालमा रहेका तिब्बती शरणार्थीको दर्ता र उनीहरुले पाउनुपर्ने कागजातको विषयमा जिज्ञासा राख्दै शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग र नेपालबीच भएको भद्र सहमतिको विषय उठाएको थियो ।

भद्र सहमतिमा तिब्बतबाट नेपाल आएका शरणार्थीलाई नेपालले कागजातसहित भारतको धर्मशाला जाने प्रक्रियाको सहजीकरण गर्नुपर्ने उल्लेख छ ।

अमेरिकाले सो प्रसंगमा नेपालसँग प्रश्न उठाएपछि चीनले आपत्ति जनाएको थियो । बैठकमा सहभागी चीनका प्रतिनिधिले अमेरिकाको प्रस्तुतीमा आपत्ति जनाउँदै नेपालको मामिलामा मात्र कुरा उठाउन सचेत गराएको थियो ।

तर, अमेरिकाले सम्पूर्ण मानवअधिकारको विषय उठान हुनुपर्ने तर्क दिएको थियो । चीनले भने नेपालको आन्तरिक मानव अधिकारको विषयमा मात्र छलफल हुनुपर्ने अडान राखेको थियो ।

अमेरिकाले तिब्बती शरणार्थीसँग जोडेर नेपाल र चीनबीच गतवर्ष भएको पारस्परिक कानूनी सहायता, दुईदेशबीच चलिरहेको सुपुर्दगी सन्धि लगायतका विषयहरुमा छलफल गर्न प्रश्न नै पठाएको थियो ।

यो पनि पढ्नुहोस्ः

मानव अधिकारका गम्भीर उल्लंघनका घटनामा माफी हुँदैनः सरकार

प्रतिक्रिया दिनुहोस्